दफा २०
निवेदन दिन वा पुनरावेदन गर्न सक्ने
(१) कुनै कसूरमा अदालतबाट भएको आदेश वानिर्णय सम्बन्धित पीडितलाई चित्त नबुझेंमा सोको आधार र कारण खुलाई त्यस्तो आदेशवा निर्णय विरुद्ध प्रचलित कानून बमोजिम निवेदन दिन वा पुनरावेदन गर्न सकिने रहेछभने पीडितले त्यस्तो निवेदन दिन वा पुनरावेदन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदन दिने वा पुनरावेदन गर्ने सम्बन्धमासम्बन्धित कानूनमा कुनै अबधि नतोकिएकोमा त्यस्तो निवेदन वा पुनरावेदन आदेश वानिर्णयको जानकारी पाएको मितिले पन्ध्र दिनभित्र दिइसक्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको निवेदनमा उल्लेख गरिएको आधार र कारणबिचार गरी सम्बन्धित अधिकारीले निर्णय गर्नु पर्नेछ र त्यस्तो निर्णयको जानकारीनिवेदकलाई समेत दिनु पर्नेछ ।